नियम
संयुक्त बैठक आव्हानको सूचना
(१) राष्ट्रपतिबाट संविधानको धारा ९५ बमोजिम संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आव्हान गरेमा महासचिवले बैठक बस्ने मिति, समय र स्थानको जानकारी सदस्यलाई दिनेछ । (२) संघीय संसदको दुवै सदनको संयुक्त बैठक संविधान र यस नियमावलीको व्यवस्था बमोजिम अन्य प्रयोजनको लागि आवश्यकता अनुसार बस्नु परेमा अध्यक्षसँग परामर्श गरी सभामुखले तोकेको मितिमा बस्नेछ । (३) उपनियम (२) बमोजिम संयुक्त बैठक बस्ने भएमा महासचिवले बैठक बस्ने मिति, समय र स्थानको जानकारी सदस्यलाई दिनेछ ।